कर्णाली नदिमा बगेर एक बालक बेपत्ता,वेत्ताको खोजीकार्य

जेठ १०, हुम्ला
आज विहान कर्णाली नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । खार्पुनाथ गाउँपालिका वडा ४ छिप्रा घरभएका ९ वषिर्य धनराज बोहरा साथीहरुसँग नुहाउन गएको वेला बेपत्ता भएका हुन् ।

खार्पनाथ मन्दिरको दोभानमा नदीमा नुहाउन गएका वेला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिनुभयो ।

बेपत्ता वालकको खोजी कार्य गर्न सुरक्षाकर्मी र स्थानीयबासिन्दाहरुले खोजीकार्य भईरहेको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले बताए ।

बेपत्ता बालकको खोजी भएपनि अझै सम्म भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । बालकको कसरी कर्णाली नदीमा बेपत्ता भएको यसको पनि अनुसन्धान भइरहेको छ ।
खार्पुनाथ, सर्केगाड, श्रीनगर, मैला, र कवाडी प्रहरी चौकीबाट पनि कर्णाली नदी तिर क्षेत्रमा बेपत्ता बालकको खोजीका लागी प्रहरी परीचालन गरीएको छ । बेपत्ता बोहरा कक्षा ४ मा सिता माध्यामिक विद्यालयमा अध्यायनरत रहेका थिए ।