साविका कर्णाली ५वटै जिल्लाका स्वाब संकलन कार्य जारी- डा. रावल

फिल्को मिसन

जुम्ला, जेठ ५
साविक कर्णाली ५वटै जिल्लामा कोरोना भाइरस स्वाब संकलन कार्य बुधबार सम्म कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आईपुक्ने जनाएको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले हुम्ला,जुम्ला,मुगु, डोल्पा, कालिकोट लगाएत जिल्लाहरुमा स्वास्थ्यकर्मीहरु लाई गाउँपालिकाहरु खटिएको छ ।
भारत तथा बाहिरबाट आएका कर्णालीबासीको स्वाव संकलनमा १०/१२ घण्टा लगाएर स्वास्थकर्मीहरु जुटिरहेका डा मंगल रावलले बताउनु भयो । सोमाबार मात्रै कालिकोटबाट ६सय ५२ जना,हुम्लाबाट ५ सय जना र बुधबार मुगु बाट करिब ४सय जनाको स्वाव कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आउने भएको बताउनु भयो ।
उहाँले भन्नु भयो अहोरात्री खटिने सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरु प्रति हामि नतमस्तक छौ ! कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमाको टिम लाई सहयोग गर्नुहुने स्वास्थ्य कार्यालयहरु र स्थानिय स्वास्थ्यकर्मी लगाएत सम्पूर्णमा धन्यबाद दिनु भएको छ ।
हुम्लामा प्रत्येक गाउँपालिकाबाट संकलन गरीएको स्वाव मंगलबार नै स्वाब हेलीकप्टरबाट कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाउने तयारी भैरहेको छ ।
स्वाव संकलन गरीने चारवटा गाउँपालिकाका प्रत्यक व्यक्तिहरुको नाम छनोट भइसकेको र मंगबार विहान सम्बन्धित गाउँपालिकामा रहेका स्वास्थ्यचौकीबाट मंगलबार विहान ८ बजे देखि स्वाव संकलन गरीने भएको हो ।

प्रतिक्रिया दिनुहोस