कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ७५ पुग्यो, कर्णाली पनि कोरोना देखियो

फिल्को मिसन


जेठ ६, २०७७
थप १८ जनामा नोबेल कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको जम्मा सङ्ख्या ३ सय ७५ पुगेको छ ।

गएरातिको विवरण अनुसार थप १८ जनामा कोरोना पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज र कोशी अस्पताल वीराटनगरमा गरिएको परीक्षणमा उनीहरुमा कोरोनाको सङ्क्रमण देखिएको हो । परीक्षणमा धनुषाका २ जना पुरुष, खोटाङ हलेसीका १ जना पुरुष, बाँके नरैनापुरका १२ जना पुरुष, दैलेख आठबिस १ का १ जना पुरुष, सुनसरीका १ जना पुरुष र झापाका १ जना पुरुषमा कोरोना देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमितको हालसम्मको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हिजो एकै दिन बाँकेमा ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस