लिम्पियाधुरा सहित नेपालको नक्सा पारित गर्दे ऐतिहासिक निर्णय

फिल्को मिसन



६ जेष्ठ, पुस २, काठमाडौँ
सरकारले नेपालको अन्तर्रा्ष्ट्रिय सीमासहित समेटेर तयार पारिएको नक्शा पारित भएसँगै तत्काल प्रयोगमा आउने भएको छ। सरकारका प्रवक्ता, अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बैठकका निर्णय सार्वजनिक गर्दै नक्शा तत्काल लागू हुने जानकारी दिए।
सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको हो ।

बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नक्साले नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्रा्ष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटेको बताउनुभयो । नक्सा नेपालको सबै किसिमका प्रशासनिक र सबै प्रबन्धमा प्रयोग गरिने गरी सरकारले अघि बढाएको पनि मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
नयाँ नक्सामा अन्तर्रा्ष्ट्रिय सिमानाहरुमा खास गरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको उहाँको भनाइ छ । यो नक्सामा संघीयताअनुरुप प्रदेश र स्थानीय तह पनि समेटिएको छ । अरु अन्तर्रा्ष्ट्रिय सीमा यथावत् रहेको पनि उहाँले बताउनुभयो ।
सरकारले प्रशासनिक र राजनीतिक प्रबन्ध पनि समेटेर नयाँ नक्शा पारित गरेको हो। यो नक्शा अब नेपालको सबै किसिमको कामका लागि सरकारले लागू गर्नेछ।
नक्शामा नेपालको पश्चिम उत्तरी सीमाना लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ।


प्रतिक्रिया दिनुहोस