निशानछाप र कामकाजमा नेपालको नयाँ नक्सा राखिने

फिल्को मिसन


जेठ ६ गते काठमाण्डौ
नेपालको नयाँ नक्सा लाई सरकारी कामकाज,पाठपुस्तक र निशानछापमा प्रयोग हुने भएको छ ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले भारतद्वारा अतिक्रमित भएको भु–भाग लाई सबै कागजात र कामकाजमा नयाँ नक्सा प्रयोगमा ल्याउने निर्णय गरेको हो ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा लाई मन्त्रीपरिषद् बैठकका निर्णय आज पत्रकार सम्मेलनमा द्धारा सरकारका प्रवक्ता डा. युवराज खतिवडाल सार्वजनीक गर्नुभएको छ ।
निशान छाप, सरकारी कामकाज र विद्यालय लगायत सम्पूर्ण क्षेत्रमा उद्यावधिक नक्सा नै प्रयोगमा ल्याउने प्रवक्ता डा. खतिवाडाले बताएका छन्। नेपाली भूमि हुँदै चीनको मानसरोबरसम्म जाने सडक निर्माण गरेपछि चर्को विरोध भएको थियो । संघीयता अनुरुपका प्रदेश र स्थानीय तहहरु समेटिएकोले अन्य अन्तर्रा्ष्ट्रिय सीमाहरु यथावत रहेका छन्।’ यसअघि आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि लिम्यिाधुरा भारतले समेटेको थियो।

प्रतिक्रिया दिनुहोस