बहुमतले पारित गरयो सरकारको नीति तथा कार्यक्रम
जेठ ६,काठमाडौं
सरकारको आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ। सरकारको नेतृत्व गरेको पार्टीका सांसदहरुको बहु्मत भएपछि बहुमतका आधारमा पारित भएको हो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले बहुमतबाट पारित भएको हो। सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे।सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम निर्णायार्थ पेस गरेका थिए। नीति तथा कार्यक्राम पारित गर्ने पक्षका सांसदहरुको बहुमत भएपछि सभामुख सापकोटाले नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन।यसअघि प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गर्न आग्रह गरेका थिए।