स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाद्वारा हेलिकोप्टर बाट स्वाब सङ्कलन

फिल्को मिसन

हुम्ला, जेठ ६ गते ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हुम्ला जिल्लाका सातैवटा गाउँपालिकामा हेलिकोप्टरबाट स्वाब सङ्कलन गरेको छ ।
सडक सञ्जाल नछोएको हुम्लामा कर्णाली विज्ञान प्रतिष्ठानबाट खटिएको चिकित्सकसहितको टोलीले सङ्कलन गरेका स्वाब हेलिकोप्टरमा ढुवानी गरेर जुम्ला लगिएको प्रतिष्ठानका निर्देशक डा. मङ्गल रावलले जानकारी दिनु भएको छ ।
प्रतिष्ठानको योजना दक्षिणी हुम्लाका सातैवटा गाउँपालिका नाम्खा,चङ्खेली, सर्केगार्ड, अदानचुली,सिमकोट,खार्पुनथा र ताँजाकोटबाट एक एक सय स्वाब सङ्कलन गरेर परीक्षणका लागि जुम्ला लिएको नाम्खा गाउँपालिका स्वास्थ्य संयोजक भण्डारीले बताउनुभयो ।
नाम्खा गाउँपालिकाबाट ४१ वटा र सर्केगार्ड गाउँपालिकाबाट  ८० वटा, नाम्खा गाउँपालिकाबाट ४१ अदनचुलीमा १सय जनाको स्वाब प्रतिष्ठानबाट  टोलीले लिएको छ ।बाँकी अरु तीन वटा गाउँपालिकामा हेलिकोप्टर पुगेर सङ्कलित स्वाब संख्या एकिन भएको छैन ।
सङ्कलित स्वाब लिन प्रतिष्ठानका निर्देशक डा. मङ्गल रावलको टोली सहित सांसद छक्क बहादुर लामा र कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल टोली पुगेका छ ।
यसैबिच नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को यारीमा एक जनामा आरडिटी परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको छ । सो रिपोर्ट पनि प्रतिष्ठानको टोलीले पिसिआर परीक्षणका लागि जुम्ला लगेको नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले बताउनुभयो । प्रतिष्ठानको टोली अहिले पनि होलिकोप्टरमा स्वाब सङ्कलनमै रहेको छ ।
सम्बन्धित क्वारेन्टाइनमा बसेकाहरुको आडिटी किटबाट परीक्षण गर्दा किटले राम्रो काम नगरेपछि आजै प्रदेश सरकारले हेलिकप्टर पठाएर नाम्खा गाउँपालिकाबाट स्वाव संकलन गरी कर्णाली विज्ञान प्रतिष्ठान जुम्ला पठाए पालिका स्वास्थ्य संयोजक नर भण्डारीले बताउनुभयो ।
मंगलबार स्वाव संकलनका लागि कर्णाली विज्ञान प्रतिष्ठानबाट निर्देशक डा. रावल,रजिष्टार विश्वराज काफ्ले र सामाजिक विकास मन्त्रालय बाट लक्षिम नारायण तीवारीको टोली हुम्ला पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस