इंग्लिस प्रिमियर लिग फुटबलका ६ खेलाडीलाई कोरोना भाइरसको संक्रमण

फिल्को मिसन


जेठ ७ गते

काठमाण्डौं-इंग्लिस प्रिमियर लिग फुटबलका ६ खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । पहिलो चरणमा तीन क्लबका खेलाडीमा कोरोनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको प्रिमियर लिगले जनाएको छ । प्रिमियर लिगले क्लबको प्रशिक्षण सुचारु गर्नुअघि खेलाडीसहित अन्य कर्मचारी गरी कुल ७ सय ४८ जनामा परीक्षण गर्दा ६ जनामा कोरोना देखिएको हो । कोरोना पोजेटिभ देखिएका खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा रहेको बताइएको छ । उनीहरुको नामसमेत सार्वजनिक गरिएको छैन । प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस