कालिकोटका विद्यार्थी नेताहरु सक्रिय
जेठ ७, कालिकोटकोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणमा कालिकोटका विद्यार्थी नेताहरु सक्रिय रुपमा लागेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) कालिकोट शाखाको आयोजनामा कालिकोटमा गोल घेरा बनाइएको छ । धेरै भीडभाड हुने ठाउँहरुमा दुरी कायम गर्न १ मिटरको दुरीमा गोल घेरा बनाइएको हो । विद्यार्थी नेता मिनराज न्यौपानेले कालिकोटमा संचालनमा रहेका बैंक, वित्तिय संस्था, खाद्यन्नका पसलहरु, तरकारी पसल लगाएतका ठाउँहरुमा सामाजिक दुरी कायम गराउन सदमुकाम मान्ममा गोल घेरा बनाउने अभियान थालिएको बताउनुभयो ।
कालिकोटमा ज्यला मजदुरी गरेर खाने तथा अन्य खाद्यन्नका व्यापारी उद्योगीहरुलाई माक्स र पन्जा विरतण गदै कोरोना बाट बच्नका लागि सतर्कता अपनाउदै बजार क्षेत्र भरी रहेका बालवालिका,महिला लगाएत अन्य हिडडुल गर्ने नागरिकहरुलाई माक्स र सर्जिकल पन्जा वितरण गरेको राष्ट्रिय युवा संघनेपाल का जिल्ला सदस्य दिने शाहीले बताए ।