जेठ ७,काठमाडौसत्तारुढ नेकपा दलका उपाध्यक्ष वामदेब गौतमले सरकारले लिम्पियाधुरा सहितको नक्सा जारी गर्ने विषयमा आफूले उठाएको बताएका छन्। ।
बुधबार एक प्रेस नोट सार्वजनिक गर्दै उपाध्यक्ष गौतमले पार्टी निर्णय अनुसार भएको कामलाई लिएर निश्चित व्यक्तिको देवत्वकरण नगर्न आग्रह गरेका छन् ।
कसैले निश्चित नामका व्यक्तिहरू लाई देवत्वकरण नगर्न र पार्टीको सामूहिक निर्णय प्रकृयाअनुार नेपाल सरकारले अनुमोदन गरेको वास्तविकतालाई स्वीकार गर्न आग्रह गरेका छन्। ।
नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा मैले शुरुदेखि नै पार्टीमा माग राख्दै आएको फेसबुकमा गौतमले लेखेका छन ।
सोमबार सरकारले लिम्पियाधुरासम्म भुभाग समेटेर नेपालको नक्सा पारित गरेको थियो । नक्सा पारित भएकोमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली निकटका नेता कार्यकर्ताहरुले प्रशंसा गरेका थिए।
उपाध्यक्ष गौतमले ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले देशको नयाँ नक्सा सार्वजनिक गरेको समेत बताएका छन्।
समस्त नेपाली जनसमुदाय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आभारी रहेको समेत उनले उल्लेख गरेका छन्।
’सिमाना व्यवस्थापन सँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको छ। नयाँ नक्सालाई लिएर नेकपाभित्रकै केही नेताहरूले यो निर्णयको जस लिन खोजेपछि गौतमले त्यसमाथि प्रतिवाद गर्दै लेखेका छन ।