लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक हुँदै

फिल्को मिसन

60
जेठ ७ काठमाण्डौ
सरकारले आज लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्ने भएको छ।
मन्त्रिपरिषदबाट सोमबार पारित भएको उक्त नक्सा बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सार्वजनिक गर्ने कार्यक्रम छ। गत सोमबार मन्त्रिपरिषदको बैठकबाट पारित भएको उक्त अद्यावधिक नक्सा आज सार्वजनिक गर्न लागिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्य्मा अर्यालले आफ्नो फेसबुकमार्फत जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस