हुम्लाको उतरी नाम्खागाउँमा ३३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

फिल्को मिसन

जेठ ७, हुम्ला
 
कोरोना भाइरस संक्रमणमा बाहिर जिल्लाबाट आएका हुम्ला जिल्लाका नाम्खागाउँपालि ३३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। भारत हुँदै सुर्खेत र नेपालगन्ज बाट नाम्खा गाउँपालिको को क्वारेनटाइनमा रहेका ३३ जनाको रिपोर्ट नेगेटिभ आएको हो।
हुम्लामा आरडिटी परिक्षणमा पोजेटिभ देखिएको एक जना ब्यक्तिको रिपोर्ट पिसिआर परिक्षण गर्दा नेगेटिभ आएको छ । रिपोर्ट पोजेटिभ आउदा पिसिआर परिक्षणका लागि प्रतिष्ठानमा पुगेको उक्त रिपोर्ट बुधवार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गर्दा रिर्पोट नेगेटिभ देखिएको प्रतिष्ठनाका निर्देशक डा मंगल रावल बताउनु भयो ।
उक्त रिपोर्ट पिसिआरमा नेगेटिभ आएपछि हुम्लामा त्रासको हटेको छ । पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई होम क्वारनेटाइनमा पठाउने गाउँपालिकाका स्वाथ्य संयोजक नरबहादुर भण्डारी बताउनु भयो ।
प्रतिष्ठानले पोजेटिभ देखिएको रिपोर्ट सहित नाम्खा गाउँपालिकाबाट लिएका स्वाबलाई प्राथमिकता दिएर परिक्षण गरेको प्रतिष्ठनाका निर्देशक डा रावलले बताएका छन् ।
हुम्लाबाट नाम्खा सहित अन्य सर्केगार्ड, चंखेली, अदानचुली र ताँजकोट गाउँपालिकाबाट ४१० स्वाब लिएको र अन्यको पनि पिसिआर बिधिमा परिक्षण भै रहेको छ ।

प्रतिक्रिया दिनुहोस