हवाई उडानमा र सीमा नाका जेठ मसान्तसम्म बन्द गर्ने निर्णय

फिल्को मिसन

जेठ ७, काठमाडौं
सरकारले आतरिक तथा अन्तराष्ट्रिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको निर्णय गरेको छ ।
बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो । जेठ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लब्याएको थियो । तर आन्तिरक तथा अन्तराष्ट्रिय हवाई उडानबारेमा निर्णय गरेको थिएन ।
मंगलबार बसेको समितको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिएका छन् । यसअघि जेठ १८ सम्म उडान तथा सीमा नाका बन्द गर्ने निर्णय भएको थियो। हवाई उडानबारे अन्तिममा मात्र निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस