नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ३४ पुग्यो
जेठ ७, काठमाण्डौंथप २५ जनामा कोरोना पुष्टि भएसँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ३४ पुगेको छ । प्रदेश १ मा ७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
बुधबार (आज) साँझको अद्यावधिक विवरण अनुसार झापामा ५, धनकुटा र धरानमा एक ÷एक जनालाई कोभिड(१९ पुष्टि भएको प्रदेश १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ जना सङ्क्रमित पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार नरैनापुर–५ मा १७, २०, २८, ३० र ४० वर्षका पुरुषमा कोरोना देखिएको हो भने खजुरा गाउँपालिकाका २७ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो ।