संक्रमित युवकको अवस्था बुझ्न सामाजिक मन्त्री दैलेखमा

फिल्को मिसन


जेठ ७  दैलेख
कर्णाली प्रदेशमा पहिलो पटक एक जना कोरान संक्रमीत भएका युवाको अवस्था बुझ्न कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल दैलेख पुग्नुभएको छ । दैलेख आठबिस नगरपालिका वडा १ सात्तलाका ३५ वर्षीय युवक लाई उपचार भएरहेको छ ।

अहिले संक्रमित र चिकित्सकहरुको अबस्थाको बारेमा बुझ्न मन्त्री रावल र स्वास्थ्य निर्देशनालय सुर्खेतका निर्देशक रिता भण्डारी जोशी सहितको टोली दैलेखमा पुगेको हो ।
मन्त्रीको टोलीले जिल्ला स्वास्थ्य कार्यालयमा आवश्यक छलफल गरी सङ्क्रमित युवकको उपचारका लागि आवश्यक पर्ने सबै तयारी गर्न निर्देशन दिएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।
मन्त्री रावलले कर्णालीमा पहिलो चोटी संक्रमित भएको पुष्टि भएकोले खवर प्राप्त हुन बित्तिकै युवकको उपचारको व्यवस्था गर्न आवश्यक निर्देशन दिएको बताए । मन्त्रि रावल आफैले स्वयम कोरोना संक्रमित भएका युवालाई भेटेर आत्मबल बलियो बनाएर बस्न र कोरोनालाई जित्न हौसला दिन आफु दैलेखमा पुगेको बताए ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले जिल्लामा कोरोना संक्रमित विरामी र आवश्यक पर्ने स्वास्थ्य सामाग्रीको व्यवस्था गर्न मन्त्रीलाई आग्रह गरेको बताए । उनले जिल्लामा भेन्टिलेटरको ब्यबस्था गर्न समेत माग गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस