थप १७ जनामा भेटियो कोरोना, संक्रमितको संख्या ७६ पुग्यो

फिल्को मिसन

जेठ ८ गते,काठमाण्डौं
झापा, सुनसरी र धनकुटाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि यो संख्या ४ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोभिड—१९ पुष्टि भएको जम्मा संख्या ७६ रहेको छ। निको हुनेहरुको संख्या २६ पुगेको छ। हिजो मात्रै ८ जना निको भएर घर फर्किएका छन्।
बुधबार राति थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश एक मुख्यमन्त्री कार्यालयले जनाएको छ।
यसँगै झापामा मात्र संक्रमितको संख्या २७ पुगेको छ। बुधबार राति पुष्टि भएकाहरु झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका १५ थिए । त्यस्तै आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको मुख्यमन्त्री कार्यालय प्रदेश एककले जनाएको छ। यो सगै देशभरमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस