गुल्मीका ४१ बर्षीय उपचाररत कोरोना संक्रमितको मृत्यु ,मृत्यु हुनेको संख्या ३
जेठ८, काठमाण्डौंगुल्मीका ४१ वर्षीय कोरोना संक्रमितको रुपन्देहीस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको छ। ।भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले पनि उनको मृत्यु भएको दावी गरे ।
मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षका पुरुष हुन् । शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए । आज बिहान ७ बजेर १० मिनेटमा उनको मृत्यु भएको हो, शव व्यवस्थापनका लागि तयारी चलिरहेको छ,।
मृत्यु भएको विभिन्न संन्चारमाध्य आएको कुरालाई खण्डन गर्दै अस्पताल प्रशासनले बुधबार मध्यान्हमा अस्पतालले विज्ञप्ती जारी गर्दै बिरामीको मृत्यु नभएको, बताएको थियो । बिहीबार अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य महाशाखा प्रमुख डा. चौधरीले पुष्टी गरेका छन्।
गत जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए भने २ गते उनको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो । यो सँगै नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको यस अघिनै कोरोना संक्रमणबाटै मृत्यु भएको थियो । हालसम्म नेपालमा कोरोना संक्रमतिको संख्या भने ४४४ पुगेको छ । जसमा ४५ जना निको भएर घर फर्किएका छन् ।