उपत्यकाका नाकाहरु सिल , प्रवेशमा विन्दुमै रोक लगाउन गृहको निर्देशन

जेठ ८,काठमाण्डौंगृह मन्त्रालयले अत्यावश्यक काममा बाहेक अन्य कामको लागि काठमाडौं प्रवेशमा रोक लगाउने भएको छ। उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।
जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वयन गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई प्रवेशमा थप कडाइ भएको छ ।
आज गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको बैठकमा उपत्यकाका नगरपालिका पदाधिकारी, उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख–उपप्रमुख,उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख समेतको सहभागी थिए ।
पत्रमा काठमाण्डौ उपत्यका प्रवेश विन्दुमा आइपुग्ने सवारी साधनहरु प्रवेश विन्दुमा पुग्नु पूर्व नै सुरु प्रस्थान जिल्लामा नै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्ने र आगमनमा कडाइ गर्ने पनि उल्लेख छ ।
काठमाडौं उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेशपूर्व नै स्वयं आफ्नै खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी सो को रिपोर्ट साथ काठमाडौं उपत्यका प्रवेश अनुमतिका लागि माग गर्ने निणर्य गरेको छ ।
बैठकमा काठमाण्डौ महानगरपालिकाका प्रमुख शाक्यसँगै ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, ताराकेश्वर नगरपालिका, टोखा नगरपालिका, शंखरापुर नगरपालिका, दक्षिणकाली नगरपालिका र सुर्य्िवनायक नगरपालिकाका प्रमुख सहभागी हुनुहुन्थ्यो ।