साविक कर्णाली अन्चलमा १८ सय बढीको कोरोना रिपोर्ट नेगेटिभ

फिल्को मिसन

जेठ ८ गते जुम्ला
साविक कर्णाली अन्चलका ५ वटा जिल्लामा कोरोना भाइरस संक्रमित १हजार ८ सय जनाको जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
फैलिदो कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण रोकथाम गर्नका लागि साविकका ५ जिल्ला लागयत अन्य जिल्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर विधीबाट जाँच गर्ने जिम्बा पाएको हो ।  प्रतिष्ठानले पिसिआर विधी सञ्चालनमा ल्याएदेखि १ हजार ८ सय ८१ जना स्वाब परीक्षण गरि रिपोर्ट नेगेटिभ आएको अस्पताल निर्देशक डा. रावलले बताए । प्रतिष्ठानले आइसियू भेण्टिलेटर सहित १सय २० बेडको आइसोलेसन अस्पताल सञ्चालनमा ल्याएको छ
जुम्ला एक हजार ३६० जना, कालिकोट ३८८ जना, हुम्ला १३३ जना, मुगुको ३९ जना गरी गरी एक हजार ८८१ ज्नाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । प्रतिष्ठानमा आरटी पिसिआर परीक्षण उपकरण सञ्चालन अघि जुम्लाका ३३९ जनाको सुर्खेत र काठमाडौँमा पिसिआर परीक्षण गरिएकोमा सवै जनाएको रिपोर्ट नेगेटिभ आएको थियो


प्रदेश सरकारले माथिल्लो कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोट जिल्लाको कोभिड निन्त्रण गर्न जिम्मेवारी दिएको हो ।
माथिल्लो कर्णालीका पाँच जिल्लामा चिकित्सकसहित स्वास्थ्यकर्मी परिचालन गरी स्वाब संकलन गर्ने र तिव्रगतिमा परीक्षण गर्ने गरेको प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले बताए । उनले भने प्रतिष्ठानको लगानीमा आरटी पिसिआर उपकरण खरिद गरि दुई सातादेखि कोरोना परीक्षणको थालनी गरेको हो ।
कोभिड जिम्मेवारी सँगसँगै प्रदेश सरकारले सुरक्षित स्वास्थ्य सामग्रीदेखि एक करोड ७५ लाख बजेट उपलव्ध गराएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लले बताए । उनले भने कोरोना भाइरस निन्त्रण गर्नका लागि प्रतिष्ठान कटिबद्ध रुपमा लागी परेको छ ।

प्रतिक्रिया दिनुहोस