लकडाउनको बेला पाँच जिल्लाका सिडिओको सरुवा

फिल्को मिसन

जेठ ९ गते,काठमाडौं
लकडाउनको बेला गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । रसुवाको प्रजिअमा गृह मन्त्रालयका हरि पन्त, नवलपरासीमा सागरमणि पाठक, लमजुङमा कृष्णप्रसाद शर्मालाई सरुवा गरिएको भने रसुवा, नवलपरासी, बाजुरा, बैतडी र लमजुङका सिडिओको सरुवा गरेको हो ।
त्यस्तै बाजुरामा कृष्ण गैरे तथा बैतडीमा मोहन जोशीलाई सरुवा गरिएको मन्त्रालयले जनाएको छ । बाजुराका प्रजिअ गंगाप्रसाद न्यौपानेलाई अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा ल्याइएको छ । रसुवाका प्रजिअ अर्जुन भण्डारी र नवलपरासीका बासुदेव दाहालको गृह मन्त्रालयमा सरुवा भएको छ ।
बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ । । सिडियो पछि मोरङ, कास्की, बाँके, कपिलवस्तु लगायत जिल्लाका एसपीको सरुवा गर्न लागिएको छ । त्यस्तै प्रहरी प्रधान कार्यालयले डिएसपीको पनि पदस्थापन र सरुवा गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस