थुनुवामा कोरोना संक्रमण देखिएपछि प्रहरी कार्यालय बैतडी सिल
जेठ ९ गते बैतडीसुदूरपश्चिम प्रदेशको बैतडीका कोरोना संक्रमित कर्तव्य ज्यान मुद्दाका थुनुवामा भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालयले थुनुवालाई कोरोना भाइरसको संक्रमण पुष्टि गरेको छ ।
बैतडीका डिएसपी डिल्लीनारायण पाण्डेले कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका ती व्यक्तिको स्वाब संकलनगरी धनगढी पठाएको र रिपोर्ट पोजेटिभ आएको बताए ।
जिल्ला प्रहरी कार्यालय सिल गरेर संक्रमित व्यक्तिको सम्पर्कमा रहेकाको ट्रेसिङ सुरु गरेको पाण्डेले जानकारी दिनुभयो । ती व्यक्ति चैत ६ गते नेपाल आएको र वैशाख १५ गते प्रहरीले पक्रेको थियो ।