नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित

फिल्को मिसन

जेठ ९ गते काठमाण्डौं
लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न पठाएलगतै मुद्रण विभागले प्रकाशन गरेको हो।
राजपत्रमा प्रकाशित भएको नक्सामा नेपाल सरकारको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेले हस्ताक्षर गरेका छन्।
यो नक्सा राजपत्रमा प्रकाशित भएसँगै नेपालका सबै सरकारी कामकाज किताबहरूमा पनि राजपत्रमा प्रकाशन भएकै नेपालको नक्सा लागू हुनेछ। राजपत्रमा भनिएको छ।
‘नेपाल सरकारले संलग्न बमोजिमको नेपालको नक्सा (राजनीतिक तथा प्रशासनिक) नक्सा स्वीकृत गरी प्रकाशन गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ ।
गत जेठ ४ गतेको मन्त्रिपरिषदको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो।
नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित भइसकेपछि नापी विभागले पहिलो चरणमा ३ हजार नेपालको नयाँ नक्सा छाप्ने तयारी गरेको छ। विभागले नक्सा छपाइको कामसमेत सुरु गरिसकेको जनाएको छ।
‘नेपाल सरकारले संलग्न बमोजिमको नेपालको नक्सा (राजनीतिक तथा प्रशासनिक) नक्सा स्वीकृत गरी प्रकाशन गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस