काँग्रेसका कार्याकर्ता द्धारा सुचना प्रबिधि अधिकृत कुटिए

फिल्को मिसन


जेठ १० गते हुम्ला
हुम्लाको अदचुली गाउँपालिका सुचना प्रबिधि अधिकृत सुरेन्द्र फडेरा र उनका दाई मोहन फडेरा माथि आक्रमण भएको छ ।
शुक्रबार बेलुका ३ बजे तिर इलाका स्वास्थ्य चौकी श्रीनगरमा कोरोना सम्बन्धी डाटाइन्ट्री गरी घरमा जाने क्रममा नेपाली काँग्रेस समर्थक करिब १५÷२० जनाको समुहले कुटपिट गरिएको फडेराले बताए । अदानचुली गाउँपालिका कृषि जेटिए कमल नेपाली माथि पनि कुटपिट भएको छ ।
साथै आफु संग भएको मोबाईल ,हाड्रिक्स। क्यामरा लगाएतका सामाग्री फुटाई दिएको पिडीत फडेराले जानकारी दिनु भयो ।गाउँपालिकाले फडेरालाई कोभिड १९ फोकल प्रर्सन तोकेको थियो ।
आफुहरु लाई कुटपिट गर्ने जोकोहिलाई कडा भन्दा कडा कार्बाही जिल्ला प्रशासन कार्यालय लाई आग्रह गरेका छन ।माहामारीको समयमा खटिएको बेला आफुले गल्ती नगरेको बिना निउँमा तिनजना कुटपिट गर्नुको साथ ज्यान मार्ने दिएको फडेराले बताए ।
घाईते भएका लाई तत्काल उपचारको लागी आदानचुली गाउँपालिकाले हेलिकप्टरको ब्यबस्था गरी थप उपचारको लागी अनुमतिको लागी जिल्ला प्रशासन लाई पत्र पठाउन लागीएको गाउँपालिका स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस