कर्णालीमा कोरोना संक्रमित संख्या ४ पुग्यो
जेठ १० गते ,सुर्खेतकर्णाली प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भए संग चार पुगेको हो ।
शनिबार थप ३ जना थपिएका छन्। थपिएका तीनै जना सुर्खेत जिल्लाका हुन्। सुर्खेत बराहताल गाँउपालिकाका २ र चौकुने गाउँपालिकाका १ जना गरि ३जना प्रदेश अस्पतालका मेडिकल सुपरि टेन्डेन्ट (मेसु) डा. डम्बर खड्काले बताउनुभयो ।
शनिबार संक्रमण पुष्टि भएका तीनै जना भारतबाट आएका हुन् । तीनै जनाको प्रदेश अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि थप परीक्षणको लागि शुक्रबार नेपालगञ्ज पठाइएको थियो ।
उनीहरु तीन जना बिहीबार भारतबाट उद्धार गरी ल्याएर बबईमा आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । बबईमा आठ सयभन्दा बढीको आरडीटी गर्दा १५ जनामा एन्टिबडी पोजिटिभ देखिएको थियो ।
उनीहरूलाई बिहीवार भारतबाट उद्धार गरी ल्याई बबईमा आरडिटी गरिएको थियो। रिपोर्ट पोजेटिभ देखिएपछि पिसिआर परीक्षण गरिएको र त्यसक्रममा पनि उनीहरुको रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि उनीहरुको स्वाब सकलन गरी थप चेकजाँचका लागि नेपालगन्ज पठाइएको थियो।
प्रदेश अस्पताल सुर्खेतको आइसोलेसन कक्षमा उनीहरुको उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छ