कोरोनाबाट चौथो व्यक्तिको मृत्यु, मृतकको संख्या ४ पुग्यो

फिल्को मिसन

जेठ १२ गते,काठमाण्डौैं
नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ। वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको कलैयाका एक वृद्धलाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ।
७० वर्षीय ती वृद्ध मिर्गौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए।
नेपालमा थप एक जनामा कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ। वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले जानकारी दिए।
नारायणी अस्पतालका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले ती वृद्धको स्वाब जाँच्दा गर्दा पोजेटिभ आएको बताए ।

मृत्यक मिर्गौलाको समस्या भएपछि नेशनल मेडिकल कलेजमा उपचारका लागि भर्ना हुनुभएको थियो। ती मृतकका परिवारले उनको अन्तिम संस्कार गरिसकेका छन्। यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस