एसईईपरिक्षा बारेमा छिट्टै विकल्प आउँछ – प्रम ओली

फिल्को मिसन

जेठ १२,काठमाण्डौं
कोराना भाइरसका कारण स्थगित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)सरकारले छिट्टै घोषणा हुने भएको छ ।
राष्ट्रका नाममा सम्बोधन दिने क्रममा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईबारे छिट्टै आवश्यक प्रबन्ध गरिने बताएका हुन् । कोरोनाका कारण गत चैतमा निर्धारित तालिका अनुसार एसईई २ दिन अगाडि स्थगित गर्नुपरेको स्मरण गर्दै प्रधानमन्त्रीले नयाँ घोषणा हुने बताएका हुन्।
एसईईबारेमा के गर्ने भन्ने विकल्प मन्त्रालयले नै तयार पार्ने उहाँको भनाइ छ । उहाँले अन्य कक्षाहरु भर्चुअल रुपमा सञ्चालन भइरहेको र अझै बढाउनुपर्ने पनि बताउनुभयो ।
कोरोना भाइरसको कारण नेपालमा लकडाउन बढिरहँदा एसईई के हुने हो भनेर अभिभावक र विद्यार्थीमा चिन्ता बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस