विद्यालय खोल्ने विकल्प खोज्दै नेपाल सरकार

फिल्को मिसन

जेठ १२,काठमाडौं
लकडाउन लम्बिन सक्ने संकेत देखिएपछि सरकारले सुरक्षितरूपमा विद्यालय सञ्चालन गर्ने विषयमा गृहकार्य शुरू गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्थानीय निकायक, नगरपालिका महासंघ, प्रदेश सरकार सँग छलफल शुरू गरेका छन् ।
स्थानीय तहका जनप्रतिनिधि र महासंघका अधिकारीले सुरक्षतिरूपमा विद्यालय सञ्चालन गर्ने विषयमा संघ सरकारले सहमति दिनुपर्ने बताएका छन ।
लकडाउन लम्बिँदै गए थोरै विद्यार्थी भएका र गाउँ नै सेल्फ क्वारेन्टाइन जस्तो भएका गाउँका विद्यालय सञ्चालन गर्न सकिने विषयमा छलफल शुरुभएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।
मन्त्रालयले सबै शिक्षकको पीसीआर परीक्षण गर्ने, विद्यालयमा सेनिटाइजर र थर्मल गन प्रयोग गरी ताप मापन गर्ने र विद्यार्थीलाई कक्षाकोठामा दूरी कायम गर्ने गरी बस्ने वातावरण मिलाएर मात्र विद्यालय खोल्ने तयारी गरिरहेको छ ।

जनक शिक्षा सामग्रीले स्थानीय तहमार्फत विद्यार्थीको हातमा पुस्तक पुर्याइसकेको अवस्थामा विद्यार्थीलाई विद्यालय आउने वातावरण तयार गर्नु पर्ने बताएका छन ।

मन्त्रालयले चरण बद्धरूपमा छलफल गरी तयार गरेको प्रतिवेदन कोभिड–१९ उच्चस्तरीय समितिलाई बुझाएपछि सो समितिको निर्णयको आधारमा विद्यालय खोल्ने विषयमा मन्त्रालयले निर्णय गर्नेछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले जेठ १४ गतेभित्र ठोस निर्णय दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस