कोरोना जाँच नगराएको भन्दै क्वारेन्टाइनबाट ३० जना भागे

फिल्को मिसन

जेठ १२ गते,बुटवल
क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना व्यक्ति भागेका छन् ।
सोमबार राति साढे ९ बजे तिर कपिलवस्तु नगरपालिका वडा नं. ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जनो क्वारेन्टाइन छाडेका छन । क्वारेन्टाइनमा बसेका व्यक्तिहरु जाँच नगरी आफ्ना घर गएपछि स्थानीयबासिन्दा त्रसित भएका छन् ।
भारतको मुम्बईल गायतका बिभन्न शहरबाट फर्केका हुन् । दुई हप्तासम्म बस्दा पनि कोरोनाको जांच नभएको भन्दै क्वारेन्टाइन छाडेर गएका स्थानीय शम्भु सैनीले बताए ।
किटको अभावले कोरोना जाँच नहुँदा असन्तुष्टी बढे पछि क्वारेन्टाइनमा बसेका सबैजना एकैपटक निस्केको बताए । कोरोना संक्रमणको सम्भावित क्षेत्रबाट आएका व्यक्ति क्वारेन्टाइनमा कम्तीमा १४ दिन बस्नुपर्ने सरकारी नियम छ ।
कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीप शमशेर जबराले क्वारेन्टाइनमा बसेका व्यक्ति भागेको भन्ने जानकारी आएको र आफूहरु के भएको रहेछ बुझ्ने क्रममा रहेको बताए ।
यसअघि पनि दुई स्थानका क्वारेन्टाइनबाट ४५ जना भागेका थिए । कपिलवस्तुमा झण्डै ७ हजार जना क्वारेन्टाइनमा बसिररहेका छन् ।

प्रतिक्रिया दिनुहोस