थप १२ जनामा संक्रमण,कर्णालीप्रदेशमा संक्रमितको संख्या २३ पुग्यो

फिल्को मिसन

जेठ १३ गते, सुर्खेत

कर्णाली प्रदेशमा मंगलबार विहान १२ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । योसँगै अब कर्णालीमा कोरोनाभाइरस संक्रमितको संख्या २३ पुगेको छ ।
भारतबाट आएकामध्येमा सोमबार गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै कर्णालीमा संक्रमितको संख्या २३ जना पुगेको हो।
यसअघि कर्णालीमा ११ जनामा कोरोना संक्रमण देखिएकोे थियो प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले बताए । उहाँले बबई सुब्बाकुना र घण्टाघरस्थित क्वारेन्टाइनबाट लिइएका केही नमुनामध्येमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
कर्णालीमा दैनिक २ हजार भन्दा बढी नागरिक पछिल्लो समय भारतबाट आउने गरेका छन । अन्य ६ वटा प्रदेशमा संक्रमण देखिँदा पनि कर्णालीमा शून्य थियो ।दैलेखमा ८ जना कोरोनाभाइरस संक्रमित भेटिइसकिएका छन् ।

प्रतिक्रिया दिनुहोस