एकैदिन ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७७२

फिल्को मिसन

जेठ १३, काठमाण्डौं
नेपालमा एकैदिन ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित्र प्रेस जानकारीको क्रममा नेपालमा हालसम्मकै धेरै ९० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यसअघि ८३ जनामा एकैपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । देशभर कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ।
सबै प्रदेशमा फैलिइसकेको संक्रमण हालसम्म देशका ४६ जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

मंगलबार मात्रै कपिलवस्तुमा २६ जना संक्रमित थपिएका छन्। रौतहटमा २२ जना संक्रमित थपिएका छन्। त्यस्तै बारामा ५ र सिराहामा ४ जना संक्रमित थपिएका छन्। बारामा भेटिएका २ जना जुम्लाका हुन्।

त्यस्तै सुर्खेतमा १२ जना संक्रमित थपिएका छन्। बाँकेमा ७ जना संक्रमित थपिएका छन्। स्याङ्जा, महोत्तरी, गुल्मी र अर्घाखाँचीमा २–२ जना संक्रमित थपिएका छन्। रुपन्देही, धनुषा, अछाम र कैलालीमा १(१ जना संक्रमित थपिएका छन्।

अहिलेसम्म कोरोना संक्रमितमध्ये १ सय ५५ जना डिस्चार्ज भइसकेका छन् भने ४ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस