प्रधानमन्त्री निवासमा सर्वदलीय बैठक

फिल्को मिसन

जेठ १३, काठमाडौं
     प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ आह्वान गर्नुभएको सर्वदलीय बैठक शुरू भएको छ ।
निवास बालुवाटारमा सर्वदलीय बैठक आह्वान गर्नुभएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत दिनुभएको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा पूर्वप्रधानमन्त्रीहरुसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरु सहभागी छन्।
बैठकमा संविधान संशोधन, आागामी बजेट, भारतले हडपेको भूमि र अमेरिकी परियोजना एमसिसीबारे पनि छलफल भइरहेको बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा संसदको यही सिजनमा एमसिसी पारित गर्ने पक्षमा छन्।

प्रतिक्रिया दिनुहोस