रुकुमा घटनाका दोषी माथि कारबाही हुन्छः गृहमन्त्री

फिल्को मिसन

जेठ १३, काठमाडौं
सांसदहरुले गृहमन्त्रीसंग जवाफ माग गरेपछि गृहमन्त्री थापाले घटनाको विषमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । रूकुम पश्चिमको चौरजहारी नगरपालिका ८ मा गत शनिबार भएको घटनामाथि छानविन गरेर दोषीमाथि कारबाही गरिने गृहमन्त्री रामबहादुर थापाले बताएका छन्।
दुई पक्षबीचमा झडप भएको भन्दै मन्त्री थापाले नवराज विक, टीकाराम सुनार र गणेश बुढाको शव भेरी नदीको बीच भागमा फेला परेको बताउनुभयो । यस्तै लोकेन्द्र सुनार, गोबिन्द शाही, सञ्जु बिक अझै बेपत्ता भएको र उनीहरुको खोजी कार्य जारी रहेको पनि उहाँले बताउनुभयो । युवती, युवतीका बुवा, आमा र प्रत्यक्षदर्शी १२ जनालाई प्रहरीले नियन्त्रण लिएर छानबिन अगाडी बढाएको पनि गृहमन्त्री थापाले जानकारी दिनुभयो । छानबिन समितिले सत्यतथ्य छानबिन गरि दोषीलाइ कानुनी कठघरामा ल्याउन सरकार प्रतिवद्ध रहेको मन्त्री थापाले बताउनुभयो
अनुसन्धानका लागि समिति गठन

रूकुममा गत शनिबार भएको घटनामाथि छानविन गरेर दोषीमाथि कारबाही गरिने गृहमन्त्री रामबहादुर थापाले बताएका छन्। आजै राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी उपरीक्षक, अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयका उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिनुभएको छ ।
जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर ८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडानम्बर ४ का २१ वर्षका नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटा पक्ष र केटी पक्षबीच झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस