घरमा आउँन चाहेका लाई घर ल्याउने,नआउनेलाई प्रति ब्यक्ति २ हजार राहत

फिल्को मिसन

१३ जेष्ठ, रेडियो श्रीनगर,हुम्ला
अदानचुली गाउँपालीकाले जिल्ला बाहिर रहेका नागरीकलाई राहत तथा उद्धार गर्ने भएको छ ।

अदानचुली गाउँ कार्यपालीकाको आइतबार बसेको बैठकले गाउँपालिका भन्दा बाहीर भएका कुनै पनि नागरीकले घरमा आउन चाहे उद्धार गर्ने र आउन नचाहने नागरीकलाई राहत बितरण गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए ।

उहाँले भन्नु भयो“सरकारी क्रमचारी, सहरी क्षेत्रमा पक्की घर भएका बाहेक अरु सबै देश भरका नागरीकलाई उद्धार तथा राहतको ब्यबस्था गर्ने निणय भयो,संघिय सरकार र प्रदेश सरकार सँग समन्वय गरी अदानचुली गाउँपालिकामा जन्म भई लकडाउनका कारण घर आउन नपाएका कुनै पनि नागरीकलाई गाउँपालिकामा ल्याउने छौ” ।

अदानचुली गाउँपालीकामा जन्म भई अन्तै बसाइ सरी गएका,सरकारी क्रमचारी,पक्की घर भएका उद्योग सन्चालन गर्ने ब्यबषायी,उच्च स्तरका राजनीती दलका ब्यक्तीत्व बाहेक अन्य ब्यक्तिको हकमा घर आउन चाएकालाई उद्धार गरी ल्याउने र आउन नचाएकालाई प्रतिब्यक्ति २ हजारका दरले राहत बितरण गर्ने गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत टक्क दत्त प्याकुरेलले बताउनु भयो । उनले भने “बिद्यार्थीको हकमा प्रतिब्यक्ति दुई हजारको दरले राहत दिने र उतै बसोबास गर्दै आएका घरपरीवारलाई प्रति घर दुई हजारको दरले राहत बितरण गर्ने निर्णय भएको छ १४ गते सम्म आउने र नआउनेहरुको जानकारी अनिवार्य वडा कार्यालयलाई गर्नु पर्ने छ” ।

देश भित्र पुर्व मेची देखी पश्चीम महाकाली जुनसुकै स्थानमा बस्दै आएका भए पनि सबैलाई सहज ढङ्गले गाउँपालिकामा ल्याउने निर्णय भएको वडा नम्बर ४ का वडा अध्यक्ष बिस्नु थापाले बताए उहाँका अनुसार देश भित्रका मात्र हैन छिमेकी मुलुक भारत लगायत तेस्रो मुलुकमा बस्दै आएकालाई पनि घर आउन चाहे उद्धार गरी ल्याउने बताए ।

आउने नआउँनेहरुको एकिन भएको छैन गाउँपालिकाले सर्बेक्षण गरे अनुसार अदानचुली गाउँपालिकाका १४ सय भन्दा धेरै नागरीकहरु जिल्ला बाहिर रहेको प्रारम्भीक आँकडाले देखाएको छ । सोही अनुसार यो समाचार तयार पारुन्जेल सम्म वडा नम्बर १ का ३ सय २१ जना,वडा नम्बर २ का २ सय ५९ जना,वडा नम्बर ३ का ३ सय ५ जना,वडा नम्बर ४ का १ सय ८ जना,वडा नम्बर ५ का २ सय ६५ जना र वडा नम्बर ६ का १ सय १५ जना बाहिर रहेको देखीएको छ तर यसमा आउने र नआउने भन्ने निश्चित नभएको गाउँपालिकाले भनाएको छ । अदानचुली गाउँपालिकाका कुनै पनि नागरीकले आउने र आउने जेष्ठ १४ गते सम्म वडा कार्यालयलाई जानकारी दिई सक्ने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस