जेठ १४ गते ,धनगढी
भारतबाट आएका कैलाली गौरीगंगा नगरपालिका ७ का ५५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा मृत्यु भएको छ।
कोरोनाको आशंकामा मंगलबार दिउँसो आइसोलेसनमा भर्ना हुनुभएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए। उनको आज बिहान ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।
हिजो अस्पताल ल्याएपछि मुखबाट फिँज निस्केको र आज बिहान बिहान बाथरूमबाट फर्किएपछि उहाँको मृत्यु भयो। उनको आरडिटी रिपोर्ट भने नेगेटिभ देखिएको सूचना अधिकारी श्रेष्ठले बताए ।
अस्पतालमा ल्याएर उनर्को यापिड टेस्ट गर्दा नेगेटिभ देखिएपनि पिसिआर परीक्षणको लागि स्वाब झिकिएको श्रेष्ठेले बताए।