कोरोनाबाट युरोपमा मृत्यु हुनेको संख्या १ लाख ६९ हजार

फिल्को मिसन

जेठ १४ गते काठमाण्डौ
कोरोना भाइरस कोभिड १९को कारण यूरोपमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । युरोपका देशहरुमा मात्रै १ लाख ६९ हजारको मृत्यु भएको छ ।
कोराना बाट संक्रमणका कारण उत्तर अमेरिकामा १ लाख १६ हजार व्यक्तिको मृत्यु भएको छ । सबैभन्दा कम ओसियानामा १ सय २४ जनाको मृत्यु भएको छ । दक्षिण अमेरिकामा ३३ हजारको मृत्यु हुँदा एशियामा २८ हजार र अफ्रिकामा ३ हजार ६ को मृत्यु भएको छ । यूरोपमा कोरोना भाइरसको संक्रमणबाट १ लाख ६९ हजार ६ सय जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या १९ लाख ३४ हजार नाघेको छ । ९ लाख १२ हजार ५ सय ५८ जना भने निको भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी अमेरिकामा १ लाख ५ सय ७२ जना रहेका छन् । अमेरिकामा १७ लाख २५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस