कर्णालीमा कोरोना भाइरसको जोखि,दाताहरु लाई सहयोग गर्न – मुख्यमन्त्रि शाहीको आग्राह

फिल्को मिसन

२१ जेठ, सुर्खेत
कोरोना भाइरस (कोभिड–१९)को कर्णाली प्रदेशमा उच्च जोखिम भएको भन्दै व्यवस्थापनमा सहयोग गर्न  साझेदार संस्थाहरुलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले आग्रह गर्नुभएको छ ।
मुख्यमन्त्री शाहीले रोजगारीको लागि भारत गएका नागरिकहरु फिर्ता भएसंगै कर्णाली प्रदेशमा कोराना  संक्रमण वढेको  बताए ।
भारतवाट फर्किनेहरुको संख्या ३५ हजार पुगेको वताउदै मुख्यमन्त्री शाहीले क्वारेन्टाईन व्यवस्थापन, आईशोलेसन व्यवस्थापन र संक्रमण परिक्षणमा सरकारलाई समस्या परेको  बताए ।
कर्णाली प्रदेशवाट झण्डै डेढ लाखको संख्यामा भारत र तेश्रो मुलुकहरुमा रोजगारीको लागि गएको वताउदै मुख्यमन्त्री शाहीले अझै पनि १ लाख भन्दा वढी नागरिक कर्णाली फर्कने अनुमान रहेको वताउनुभयो ।
ठुलो संख्यामा विदेशवाट फर्किएका नागरिकहरुवाट संक्रमण रोक्न निकै चुनौतीपूर्ण रहेको वताउदै मुख्यमन्त्री शाहीले विकास साझेदार संस्थाहरुको सहयोग आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा स्थापना गरिएका दुईवटा प्रयोगशाला २४ घण्टा सञ्चालन गर्दा पनि दैनिक ५ सय नमुना मात्र परिक्षण गर्न सकिने वताउदै प्रयोगशालाको संख्या वृद्धि गर्न आवश्यक रहेको वताउनुभयो ।
मुख्यमन्त्री शाहीले विकास साझेदार संस्थाहरु लाई कोरोना भाइरसबाट बचाउँन  क्वारेन्टाईन र आईशोलेसन व्यवस्था, पिसिआर प्रयोगशालाको स्थापना, परिक्षणका लागि आवश्यक किट र एम्वुलेन्समा  सहयोग गर्न आग्रह गर्नुभयो ।
प्रदेश सरकारले रोजगारी गुमाएर फर्किएका अति गरीविको रेखामुनी रहेका नागरिकका लागि क्वारेन्टाईनमा रहनुपर्ने १४ दिन सम्मका लागि दैनिक निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको समेत जानकारी दिनुभयो ।
प्रदेश सरकारका,मन्त्रीहरु, प्रमुख सचिव, सचिवहरु र  संयुक्त राष्ट्रसंघीय निकायका नेपाल प्रतिनिधिहरु संगको छलफलमा सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस