प्रदेश सरकार जहिले पनि केटाकेटीपनको निणर्य गर्योः कांग्रेसका नेता शाही

फिल्को मिसन
२१ जेठ, सुर्खेत
नेपाली कांग्रेसका नेता एवं कर्णाली प्रदेशसभा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना भाइरसबाट जोगिन प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका छन्।
प्रमुख प्रतिपक्ष दलका नेता शाहीले  कर्णाली प्रदेश सरकार जहिले पनि केटाकेटीपनको निणर्य  गरेको आरोप लागाए ।
कर्णाली प्रदेश सरकारका कामकावाहिका बारेमा आफनो  धारणा प्रस्तुत गर्न आयोजना गरेको भर्चुअल (जुम) पत्रकार सम्मेलनमा नेता शाहीले बताए । प्रदेश सरकारबाट विभिन्न क्षेत्रमा गरेको चिकित्सकको व्यवस्थाप्रति असन्तुष्टि जनाएका शाहीले पछिल्लो पटक आफूले निर्वाचन जित्नमा सरकारका काम केन्द्रित रहेको बताए ।
सरकारसँग आवश्यक साधन श्रोत यथेष्ट मात्रामा हुँदाहुँदै त्यसको प्रभावकारी रुपमा व्यवस्थापन गर्न नसकेको भन्दै नेता शाहीले सरकारको ध्यानाकर्षण गराएका छन्।
कोरोना भाइरसको संक्रमणलाई बढ्न नदिन दुई महिनाको यथेष्ठ समय हुँदाहुँदै पनि प्रदेश सरकारले प्रभावकारी तयारीको काम नगरेको आरोप लागाउँदै नेपाली कंग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता शाहीले सरकारले हरेक काममा मौखिक र लिखित रुपमै भ्रष्टाचार गरेको दावी गरे ।
चालु आर्थिक वर्ष सकिन लाग्दा प्रदेशको विकासे बजेट चैत मसान्तसम्म ९ दशमलव ०३ प्रतिशत मात्रै खर्च भएको उल्लेख गरेका शाहीले कर्णालीमा सरकारबाटै लकडाउनको नीयम उल्लंघन भएको अरोप लगाए ।
उनले प्रदेशभरिका स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रहरुमा प्रर्याप्त आवश्यक औषधी, उपचार सामाग्री, क्वारेनटाइन तथा आइसोलेसन वार्ड र भेन्टिलेटरको व्यवस्था गर्न सरकारसँग माग गरेका छ
प्रतिक्रिया दिनुहोस