सुर्खेतम १४ दिन क्वारेन्टिनमा विताएका युवकको मृत्यु

फिल्को मिसन

जेठ २२ गते,सुर्खेत
पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ ।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको जनतामाविविद्यापुरको क्वारेन्टाईनमा बसेर घर फर्किएका एक युवाको बिहीवार मृत्यु भएको हो । उनी यही जेठ ७ गते भारतबाट आएका थिए। उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो। उनको आरडिटी परिक्षणमा रिर्पोट नेगेटिभ देखीएको थियो।
नगरप्रमुख उपेन्द्रबहादुर थापाले स्वाब सङ्कलनका लागि स्वास्थ्यकर्मीको टोली त्यसतर्फ खटिसकेको जानकारी दिए । स्वाब परीक्षणको नतिजापछि मात्रै शव दाहसंस्कारको टुङ्गो लाग्नेछ।
इलाका प्रहरी कार्यालय बाबियाचौरका इञ्चार्ज प्रहरी निरीक्षक असरफ अलि अन्सारीका अनुसार राति १२ बजेतिर घर पुगेका ती युवकको बिहान सवा २ बजेतिर मृत्यु भएको हो।
ती युवालाई घरदेखि ४०० मिटरको दूरीमा मौरीपालनका लागि निर्माण गरिएको घरमा होम क्वारेन्टिन राखिएको थियो।

 

प्रतिक्रिया दिनुहोस