जेठ २२ गते,बाँके
नेपालगन्जका उद्योगी, व्यावसायीले सरकारले कर तिर्न थप गरेको समय सीमा सच्याउन प्रदर्शन गरेका छन्।
पुरानो निर्णय खारेज गरि सरकारले कर तिर्ने समय सीमा ७ असारसम्म थप गरे पनि पर्याप्त नभएको भन्दै संघले आज बिहीवार प्ले कार्डसहित उद्योग, पसल, कार्यालय अगाडी प्लेकार्ड सहित प्रदर्शन गरेका छन ।
निजी क्षेत्रका लागि तत्काल राहतका प्याकेज घोषणा गर्न माग गर्दै उद्योगी, व्यवसायीले विहीवार नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालय अगाडी प्ले कार्डसहित प्रदर्शन गरेका हुन्।