एकैदिन दैलेखमा १०५ जनामा कोरोना संक्रमण पुष्टि,मुगुमा पनि भेटियो

फिल्को मिसन

जेठ २२ गते, सुर्खेत
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बिहीबार एकैदिन १०६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानका प्रयोगशालाका प्रमुख विवेक पुन मगरले एक विज्ञप्तिद्धारा १०६ जनामा संक्रमण पुष्टि भएको बताए ।प्रतिष्ठानका अनुसार मुगु पनि पहिलो पटक १ जनामा कोरोना पोजेटिभ देखिएको बताएको छ ।दैलेखको नारायण नगरपालिकाका ६४ पुरुष र ५ महिलामा संक्रमण पुष्टि भएको गरेको छ ।देवलकाडाँका गाउँपालिकामा १२ पुरुष, सोतका ९ पुरुष, मानटाकुराका ७ पुरुष, साडुका २ पुरुष र भगनीका ५ पुरुषमा संक्रमण देखिएको छ। पछिल्लो समयमा कर्णाली प्रदेशमा संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस