लकडाउन खुकुलो बनाउन उपत्यका तिनै वटा प्रशासन तयार

फिल्को मिसन

जेठ २२ गते,काठमाडौँ
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्लासहित सरोकारवाला निकाय लकडाउन खुकुलो बनाउन तयार भएको छ ।
उद्योगी तथा व्यापारीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि दवावमा रहेको प्रशासन लकडाउन खुकुलो बनाउन तयारमा लागेको हो ।
बिहीबार जिल्ला समन्वय समिति काठमाडौँको हलमा बसेको संयुक्त बैठकमा काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी सहित सरोकारवाला लकडाउन खुकुलो बनाउन तयार भएको बताएका छन ।
संयुक्त बैठकले गृह मन्त्रालयमार्फत उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठन गरिएको उच्चस्तरीय समितिलाई उपत्यकामा लकडाउन खुकुलो बनाउन सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागि एक अधिकारीले बताए ।
सार्वजनिक यातायात, शैक्षिक संस्था, सिनेमा हल, सभासम्मेलन तथा भेला हुन भने नपाइने गरी लकडाउन खुकुलो बनाउन उच्चस्तरीय समितिलाई सिफारिस गरिने भक्तपुरकी प्रमुख जिल्ला अधिकारीे हुमकला पाण्डेको बताइन् ।

प्रतिक्रिया दिनुहोस