कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या १० पुग्यो,

फिल्को मिसन

विहीबारमा ३३४ जनामा संक्रमण, संक्रमितको संख्या २६३४ पुग्यो ।
जेठ २२ गते काठमाण्डौं
नेपालमा कोेरोना भाइरस (कोभिड १९) बाट अर्का एकजनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरस बाट मुत्यु हुनेको संख्या १० जना पुगेको छ। पाल्पाको पूर्वखोला गाँउपालिका एक सिलुवाका ४० वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो ।
उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । पूर्वखोला दुइ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पु¥याइएको थियो ।
मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालामा जाँच गर्दा रिपोर्ट पोजेटिभ अर्थात कोरोना भएको आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा आज थप ३ सय ३४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको जानकारी गराउनुभयो ।
यससँगै नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । जसमा पुरुष २ हजार ४ सय ५० र महिला १ सय ८४ जना स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
यसअघि कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक र दोलखाका एक जनाको मृत्यु भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस