सुर्खेतमा कोरानाका काण युवा मृत्युुु ,मृत्यु हुनेको संख्या ११ पुग्यो

फिल्को मिसन

जेठ २३ गते,सुर्खेत
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षे युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।
बिहीबार बिहान करिव पौने २ बजेतिर मृत्यु भएका ति युवाको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले बताए ।
सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्केपछि मृत्यु भएका युवामा पनि कोरोना पुष्टि भएको छ । पञ्चपुरी नगरपालिका–१, सानीडाँडाका २० वर्षीय युवाको बिहीबार बिहान करिब २ बजे मृत्यु भएको थियो ।
बिहिवार दिउँसो गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको हो। अघि दैलेखका एक युवाको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो । कर्णालीमा अहिलेसम्म तीनसय ८९ जनामा कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस