यार्सा संकलन गर्न गएका १२ जना गन पक्राउ

फिल्को मिसन

जेठ २३ गते डोल्पा
डोल्पा जिल्ला प्रशासनले जगदुल्ला गाउँपालिकामा पर्ने टाङ्टुङे पाटनबाट १२ जना पक्राउ परेका छन्।
कोरोना भाइरसका कारण यार्सागुम्बा संकलनमा रोक लगाएपछि पाटनमा लुकिछिपी यार्सागुम्बा संकलन गरिरहेको अवस्थामा निकुञ्जका सुरक्षाकर्मीले नियन्त्रमा लिएको हो ।
यार्सागुम्बा संकलनमा रोक लगाइए पनि नियम उल्लंघन गरी यार्सा संकलन गर्ने १० जना पुरुष र २ जना पक्राउ परेका शे–फोक्सुण्डो निुकञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणी पौडेलले बताए।
उनीहरुबाट ७७ थान यार्सागुम्बा, पाँच थान मोबाइल सेट, लगायतका सामग्रीहरु जबफत गरेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयमा नेपाली सेनाका मेजर लेखनाथ कटुवालले बताए ।

प्रतिक्रिया दिनुहोस