कोरोना संक्रमित १ सय जना थपिए, कर्णाली प्रदेशमा ४८९ जना पुग्यो

जेठ २३ गते,सुर्खेत
कर्णाली प्रदेशमा कोरोना भाइरसका बिमारीहरु थप १सय जना पुष्टि गरेको छ । अब संक्रमितहरुको संख्या ४८९ पुगेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेत स्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय जनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितहरु दैलेख, जुम्ला, हुम्ला, दोलखा, रामेछाप, गोरखा, सुर्खेत र जाजरकोटका निवासीहरु रहेका छन् ।
यसमध्ये, सुर्खेतको पञ्चपुरी निवासी १८ वर्षीय पुरुषको मृत्यु भइसकेको छ । प्रदेशमा ज्यान गुमाउने उनी दोस्रो संक्रमित हुन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।