दैलेखको दुल्लुमा अनिश्चितकालीन निषेधाज्ञा

फिल्को मिसन

जेठ २३ गते, दैलेख
जिल्ला प्रशासन कार्यालय दैलेखले नारायण नगरपालिका र दुल्लु नगरपालिका आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि शुक्रबार (जेठ २३ गते) साँझ ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताउनु भएको छ ।

प्रशासनले शुक्रवार साँझबाट लागु हुने गरि दुवै नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो। कोरोना भाइरसको संक्रमणबाट दैलेख जिल्लामा २ सय १८ जनामा संक्रमण देखिएको छ । तीमध्ये एक जनाको मृत्यु भइसकेको छ।
राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरू औषधी पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा तथा खानेपानी तथा विद्युत सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी तथा वितरण, फोहोर मैलाको व्यवस्थापन बाहेकका अन्य सबै सेवा तथा स्थलहरू अनिश्चितकालका लागि बन्द गरिएको हो।
प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) तथा संक्रामण रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरेको जनाएको छ। सूचनामा आदेश पालना नभएमा कानून बमोजिम कारबाही हुने पनि सूचनामा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस