नेपाली लिएर आयो एयर अरेबियाको जहाज

जेठ२३ गते,काठमाण्डौं
कोरोना भाइरसको महामारीको संक्रमण रोक्न गरिएको लकडाउनका कारण यूएईमा रोकिएका १६८ जना नेपाली नागरिक लिएर आएको एअर अरेबियाको विमान काठमाडौंमा अवतरण गरेको छ ।
यूएईमा अलपत्र उनीहरुलाई लिएर आएको एयर अरेबियाको विमान शुक्रबार अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। सारजाह विमानस्थलबाट आएको एयर अरेवियाको उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख सागर आचार्यले जानकारी दिए।
यसअघि शुक्रबारै म्यानमारबाट पनि २६ जना नेपालीको उद्धार गरेर ल्याइएको थियो । उनीहरुलाई लिएर म्यानमारको सेनाको विशेष विमान काठमाडौं आएको थियो । म्यानमारबाट आएकालाई बसुन्धारास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको छ ।