असार १ बाट यात्रु आन्तरिक उडान खोल्ने प्रस्ताव

जेठ २३ गते, काठमाण्डौं
असार १ गतेदेखि आन्तरिक हवाई उडान खोल्नको लागि कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिमले प्रस्ताव गरेको छ।
क्राइसिस म्यानेजमेन्ट टिमले कूल क्षमताको ४० प्रतिशत यात्रु राखेर हवाई सेवा खुल्ला गर्ने उल्लेख गरेको छ। यो प्रस्ताव उच्चस्तरीय समितिले छलफल गरी निर्णय गरेर मन्त्रिपरिषदबाट स्वीकृत भएपछिमात्र लागू हुनेछ ।
समितिले छलफल गरी निर्णय गरेर मन्त्रिपरिषदबाट स्वीकृत भएपछिमात्र यो प्रस्ताव लागू हुने छ। नियमअनुसार ७२ सिट क्षमता भएको जहाजमा २८ जनालेमात्र एकैपटक यात्रा गर्न पाउने छन्।
यद्यपी एयरलाइन्सहरुले सीमित क्षमतमा जहाज उडान सम्भव नहुने प्रतिक्रिया दिंदै आएका छन्।