बाहिर रहेका सबै नागरिक उद्धार गर्दै हुम्लाको अदानचुली गाउँपालिका

फिल्को मिसन

जेठ २३, हुम्ला

पलिहो चरणमा उद्धार गरेर गाउँपालिका पुगो नागरिकलाई गाउँपालिकाले व्यवस्था गरेको खाना खुवाउने काम हुँदै ।

हुम्ला । लकडाउन ९बन्दाबन्दी० को समयमा घरभन्दा बाहिर अलपत्र परेका २५० जना आफ्ना नागरिकलाई हुम्लाको अदानचुली गाउँपालिकाले उद्धार गरेर घर पु¥याएको छ ।

भर्खरै राष्ट्रिय सडक सञ्जालमा जोडिएको दुर्गम हिमाली जिल्लाको उक्त गाउँपलिकाले आफ्नै लगानीमा सबै नागरिकलाई गाउँपालिकाको केन्द्र श्रीनगरसम्मै यातायताका साधनमा ल्याइ पु¥याएको छ ।

लकडाउनमा प्रदेश नम्बर २, ३,४ र ५ का विभिन्न स्थानमा रहेका नागरिकलाई ५ वटा बसमार्फत उद्धार गरेर गाउँ पु¥याएको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।

उनका अनुासर विश्वलाई आक्रान्त पार्ने गरेर फैलिएको कोरोना भाइरस ९कोभिढ–१९० को संक्रमणको डरले गएको चैत ११ गते देखि शुरुभएको लकडाउनमा घर आउन नपाएका नागरिकलाई आफ्नै खर्चले उद्धार गरेर ल्याएको हो । घर बाहिर विभिन्न समस्याका वावजुत देशकाविभिन्न शहरमा रहेका नागरिकलाई उद्धार गर्ने सम्बन्धमा जेठ १२ गते बसेको गाउँ कार्यपालिकाको निर्णय अनुसार लकडाउनमा घर बाहीर रहेका विद्यार्थी, मजदुर, बिरामीलाई उद्धार गरेर घर ल्याउने काम भएको छ ।’ अध्यक्ष फडेराले नेपालबोटसँग भने, ‘दोस्रो चरणमा प्रदेश ५ को बाँके, बर्दिया, दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका नागरिकलाई उद्धार गरेर घर ल्याउने तयारी भैरहेको छ ।’

पहिलो चरणको उद्धारमा काठमाडौं, भक्तपुर, ललितपुर, धादि«ङ, कास्कीको पोखरा, तनहुँ, म्याग्दी, चितवन, नवलपरासी लगायतका जिल्लाबाट दुई सय ५० जना नागरिकलाई उद्धार गरिएको गाउँपालिकाका ििनमित्त प्रमुख प्रशासकीय अधिकृत दक्कदत्त प्याँकुरेलले जानकारी दिए ।

गाउँ कायर्एपालिकाको बैठकले गरेको निर्णय अनुसार काठमाडौंमा रहेका गाउँपालिकाका जिम्मेवार व्यक्तीलाई दिएकोजिम्मेवारी अनुसार उृहाँहरुको अथक प्रयासले विभिन्न स्थानमा अलपत्र परेका दुई सय ५० भन्दा बढी नागरिकलाई ५ वटा गाडीमा ल्याउने काम भएको अधिकृत प्याँकुरेलले बताए ।

‘गाउँपालिकाकै खर्चमा काठमाडौबाट कालीकोटको जितेगडा सम्म ५ वटा बसहरु रिजर्भ गरेका थियौ ।’ पापलिका अध्यक्ष फडेराले थपे, ‘बाटोको समस्याले बस नचल्ने भएपछि कालीकोटको जितेगडाबाट गाउँपालिकाको केन्द्र श्रीनगरसम्म वटा मालबहाक ट्रकमै भएपनि उद्धार गरिएका नागरिकलाई ल्याउने काम भएको छ ।’

गाउँपालिकाले उद्धार गरेर ल्याएका मध्ये अदानचुली–१ का १३, वडा नम्बर २ का ३६, ३ का १६, वडा नम्बर ४ का १८ जना, वडा नम्बर ५ का ५१ जना र वडा नम्बर ६ का १८ जना छन् ।

गाउँपालिकाले प्रदेश नम्बर १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका नागरिकलाई उद्धार गरेर घर पठाउने काममा समन्वय गर्न काठमाडौंमा रहेका नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० कर्णाली प्रदेश सदस्य तथा अदानचुली गाउँपालिकाका इन्चार्ज हस्तबहादुर शाहीको संयोजकत्वमा ८ जना नेता तथा पालिकाका अगुवालाई जिम्मेवा दिएको थियो ।

गाउँपालिकाले मुगु जिल्लाको सोरु गाउँपालिकाका ९, हुम्लाको सर्केगाड गाउँपालिकाका १४, खार्पुनाथ गाउँपालिकाका १५, सिमकोट गाउँपालिकाका २ र चंखेली गाउँपालिकाका २ जना गरी ४२ जना अन्य गाउँपालिकाका नागरिकलाई समेत उद्धार गरेर ल्याएको जनाएको छ । लकडाउनमा निकै दुःख पाएका अन्य पालिकाका नागरिकलाई पनि मानवीयताका नाताले उद्धार गरिएको पालिकाले जनाएको छ ।

गाउँपालिकामा आइ पुगेका सबै नागरीकलाई आ आफ्नो वडामा रहेका विद्यालयहरुमा क्वारेन्टिनमा राखिएको छ ।

विश्वलाई नै थिलथिलो बनाएको कोरोना भाइरस नामक महामारीको समयमा सरकारले लगाएको लकडाउनमा दुई महिना बढी काठमाडौंको कोठामै बस्दा खानाखान समेत समस्या भएको वेला गाउँपालिकाले उद्धार गरेर घरमै पुर्याएकोमा स्थानीय नागरिकले निकै खुशी व्यक्ती गरेका छन् । काठमाडौंमा हामीलाई के खाने भन्ने समस्या भैसकेको थियो ।’ पालिकाको उद्धारमा घर पुगेकासर्केघाड गाउँपालिका पदम नेपालीले भने, ‘अदानचुलीले आफ्ना नागरिकलाई उद्धार गरेर ल्याउने काम जिल्लाका अन्य गाउँपालिकाले पनि सिक्नु पर्छ ।’

दोस्रो चरणमा अन्य प्रदेशका नागरिक ल्याउने तयारी

अदानचुली गाउँपालिकाले आफ्ना नागरिकको उद्धार गर्ने कामको दोस्रो चरणमा अन्य प्रदेशमा अलपत्र परेका नागरिकलाई घर ल्याउन भएको छ । उद्धारको दोस्रो चरणमा प्रदेश ५ को बाँके, बर्दिया, दाङ लगायतका जिल्ला, सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशको सुर्खेतमा भएका नागरिकलाई उद्धार गरेर घर ल्याउने तयारी भैरहेको अध्यक्ष फडेराले जानकारी दिए ।

‘लकडाउनकै कारण गाउँपालिकामा भएको एक मात्र बैंक खुला नभएकाले एकै चरणमा हामीले सबैतिर भएका नागरिकको उद्धार गर्न सकेनौ’ उनले भने, ‘ उद्धार गरेका नागरिकलाई बाटोमा खाने ड्राइफुड र वस भाडाको व्यवस्था गर्न आउने आईतबार बैकबाट रकम निकासा गर्ने बित्तिकै अन्य स्थानका नागरिकलाई पनि हामीले उद्धार गरेर घर ल्याउने काम गछौं ।’

प्रतिक्रिया दिनुहोस