गएराति रुपन्देहीमा ५ जनाको हत्या, हत्या गरेका व्यतिहरुमा घाँटीमा चोट

फिल्को मिसन

जेठ २७ ,अर्घाखाँची
रुपन्देहीको तिलोत्तमा गएराति कान्छीबजारमा हन्या गरिएका ५ जनाको पहिचान खुलेको छ।
गंगादेवी पशु फार्मका एक कामदारले कोदालो प्रहार गरेर हत्या गरेका खुलासा भएको छ । ति हत्या गरिएका व्यतिहरुमा घाँटीमा धेरै चोट देखिएको स्थानीय प्रदीप थापाले जानकारी दिनुभयो ।
गोठमा काम गर्ने पाँचजनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थापाले बताउनुभयो ।
ज्यान गुमाउनेमा रूपन्देही मुगृया बालापुरका ४० वर्षीय माधव मुसहर, उनको ३७ वर्षीया श्रीमती जानकी मुसहर, ठेगाना नखुलेका १४ वर्षीय पोखराज मुसहर, रूपन्देही तिलोत्तमा १० का १६ वर्षीय करण चौधरी र १५ वर्षीय आशिष चौधरी रहेका छन्।
उनीहरु सबैलाई एकैठाउँमा राखेर हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले हत्याको आशंकामा सुर्खेतका लगभग ३२ वर्षीय युवक झपेन्द्र सिंह सिंजालीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस